काँग्रेस नेत्री तथा प्रभु बैंक प्रमोटर डाइरेक्ट अम्बिका शर्मा युएईमा सम्मानित

समाचार

नेपाली जनसम्पर्क समिति, युएईले नेपाली कांग्रेस नेत्री तथा प्रभु बैंक प्रमोटर डाइरेक्टर अम्बिका शर्मा लामिछानेलाई उनको राजनीतिक यात्राको अनुभव र बैंकिङ क्षेत्रमार्फत राष्ट्रसेवामा दिएको योगदानलाई कदर गर्दै बुधबार सम्मान गरेको छ | 

कार्यक्रममा अम्बिका शर्मा लामिछानेले ” यो सम्मान मेरो मात्र होइन — यो मेरो यात्रामा साथ दिँदै आएका सबै शुभचिन्तक, साथीसाथी, सहकर्मी र मेरो विश्वासमा साथ दिने नेपाली जनताको हो।यही माया, विश्वास र प्रेरणाले अझ जिम्मेवार भएर राष्ट्र र समाजको सेवामा अघि बढ्ने ऊर्जा प्रदान गरेको बताएकी छिन् | 


कार्यक्रममा नेपाली जनसम्पर्क समिति, युएईका सभापति भवानी प्रशाद तिमिल्सिना, प्रमुख सल्लाहकार मनोज कुमार गोर्खाली, संरक्षक खेमराज बस्नेत, बैंकर प्रकाश पौडेल लगायत युएईमा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली डायस्पोराको उपस्थिति रहेको थियो |