रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन समारोह

समाचार

रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन समारोह मिति १७ श्रावण २०८२ गते सम्पन्न भएको छ ।

काठमाण्डौको इन्द्रेणी सुइट होटलमा आयोजित विशेष कार्यक्रममा रोटरी ई क्लबका नव नियुक्त अध्यक्ष कन्चन तामाङ्ग तथा रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल – भुटानका गभर्नर इलेक्ट विष्णु बहादुर कार्की समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए !

निवर्तमान रोटरी क्लबका अध्यक्ष राज श्रेष्ठ तथा रोटा किड्सका अध्यक्ष आरभ श्रेष्ठलाई उहाँहरुको सफल कार्यकालको कदर स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ! रोटरी ई क्लबका पहिलो महिला अध्यक्षको रूपमा क्लबको नेतृत्व ग्रहण गर्न पाएको खुसी व्यक्त गर्दै अध्यक्ष तामाङ्गले ” रोटरी फर हर ” लाई मूलमन्त्र बनाउँदै आफ्नो कार्यकालमा महिलाहरूलाई केन्द्रविन्दु राखेर समाजमा सकारात्मक योगदान दिने प्रतिवद्धता जनाईन ! रोटरी ई क्लब भर्चुल माध्यमबाट क्लब संचालन हुने नेपालको पहिलो क्लब भएको सन्दर्भमा अध्यक्ष तामाङ्गको अध्यक्षको पदभार पनि भर्चुल माध्यमबाट नै भएकोमा कार्यक्रम विशेष बन्न पुगेको थियो ।

कार्यकममा निवर्तमान अध्यक्ष राज श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउनमा भूमिका खेल्ने बोर्डका सदस्यहरूलाई सम्मान गर्दै विशेष भूमिका निर्वाह गर्नु भएकोमा स्मिता प्रधान र कविद्र नापितलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । कार्यकममा रोटा किड्सका परियोजनाकार क्लबका चार्टर प्रेसिडेन्ट अनिल श्रेष्ठले रोटा किड्सको पृष्ठभूमि तथा महत्वलाई प्रकाश गर्नु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य प्रेसिडेन्ट इलेक्ट संजिव उदासले गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा भाइस प्रेसिडेन्ट कविन्द्र नापितले धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रममा डिस्ट्रिकका पूर्व गर्भनरहरु, असिस्टेन्ट गभर्नरहरु तथा प्रतिष्ठित रोटरियनहरुको उपस्थिति थियो ।