बुलको हल्ला बीच, नेपाली स्टक मार्केट ६५.२० अंकले डाउन

बजार

काठमाडौं । आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम समेत घटेको छ । आज विभिन्न सेक्टरका ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री भएर १३ अर्ब सात करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सबै उपसूचकहरुमा पनि भारी गिरावट आएको छ । आज कुल २३३ वटा कम्पनीको शेयर मूल्य राताम्मे बनेका छन् ।

नेपार पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने, दुई वटा कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक लागेको छ ।