झाँसीको एउटा निजी बैंक शाखामा सोमबार दिउँसो अचानक यस्तो दृश्य देखियो, जसले उपस्थित जो–कोहीलाई स्तब्ध बनायो—एक महिला पाँच घण्टासम्म शाखाभित्रै थुनिएकी थिइन्, बैंकका कर्मचारीहरू उनलाई बाहिर जान दिइरहेका थिएनन्। किन? न त त्यो महिला बैंक लुट्न आएकी थिइन्, न त उनले बैंक भित्र कुनै उपद्रो नै गरेकी थिइन् । रहस्य तब मात्र खुल्यो, जब प्रहरी पुग्यो त्यहा बाट सुरु भयो एउटा आपराधिक खुलासा—जसको जरो लुटपाट थिएन, बरु एउटा ‘सामान्य’ लोनको किस्तामा लुकेको क्रूरता थियो ।
उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको मोंठ थाना क्षेत्रबाट एक चकित पार्ने घटना बाहिर आएको छ। एक निजी बैंकका कर्मचारीहरूले एक ऋणीको श्रीमतीलाई बन्धक बनाए किन भने उनले लिएको लोनको किस्ता समयमा तिर्न सकेनन्। पीडित महिलालाई झण्डै पाँच घण्टासम्म बैंकको शाखाभित्रै थूनेर राखिएको थियो।
४० हजारको लोन उठाउन बन्धक बनाइएकी श्रीमती


भारतीय मिडियाहरुको रिपोर्टअनुसार, घटनास्थल बम्हरौलीको आजाद नगरस्थित एक बैंकमा भएको हो। पूंछ क्षेत्रका ऋणी रविन्द्र वर्माले ४० हजार रुपैयाँको लोन लिएका थिए, जसको मासिक किस्ता २,१२० रुपैयाँ थियो। रविन्द्रका अनुसार, सोमवार दिउँसो १२ बजे उनकी श्रीमती पूजा वर्मालाई बैंकका कर्मचारीहरूले जबरजस्ती शाखाभित्र राखे र भने– “जबसम्म बक्यौता रकम तिर्दैनौ, तबसम्म तिमी निस्कन पाउँदिनौ।”
सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा बैंक कर्मचारीहरू आत्तिए र तत्काल महिलालाई बाहिर निकालिदिए। तर, बैंकका कर्मचारीहरूले भने महिलाले आफ्नै इच्छाले बैंकमा बसेको र उनको श्रीमान् किस्ता लिन बाहिर गएका कारण उनी त्यहाँ थिइन् भन्ने दाबी गरेका थिए ।
पुलिस थानामा पुगेपछि पूजा वर्माले प्रहरीसमक्ष लेखित उजुरी दिँदै उनले ११ किस्ता तिरे पनि बैंकमा ८ किस्तामात्र देखाइएको छ। बाँकी ३ किस्ताको रकम बैंकका एजेन्ट कौशल र धर्मेन्द्रले खाई दिएको आरोप लगाएकी छिन । जसले गर्दा उनले थप किस्ता तिर्न रोक लगाएको बताइन्।
बैंकद्वारा आरोप अस्वीकार
बैंक म्यानेजर अनुज कुमारले भन्छन पूजाले सात महिनादेखि किस्ता तिरेकी छैनन् भन्दै उनलाई बुझाउन बोलाइएको मात्र हो भने। उनका अनुसार, महिला आफ्नै इच्छाले बैंकमा बसेकी थिइन् र जबरजस्ती गरिएको थिएन।
पीडित ऋणी रविन्द्रका अनुसार, “मैले ११ किस्ता तिरेको छु, तर बैंकले केवल ७ किस्ता तिरेको देखाइरहेको छ। एजेन्टहरूले मेरो पैसा खाएर साथै उल्टो मलाई ‘पहिले पैसा दे, अनि मात्र श्रीमती लैजान पाइन्छ भने ।’ मलाई र मेरी श्रीमतीलाई बैंकमै थुनेर राखियो। पछि मैले ११२ नम्बरमा फोन गरेर प्रहरीको सहयोग मागेँ, तबमात्र श्रीमतीलाई छुटाइएको हो।”
हाललाई प्रहरीमा पुगेपछि दुबै पक्षबीच सम्झौता भएको छ।
