काठमाडौं, – नेपालका लागि कोरियाली गणतन्त्रका राजदूत महामहिम पार्क ताएयोङले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई शिष्टाचार भेट गरेका छन्।
भेटवार्ता आज (२०२५ जुलाई २९) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटारमा सम्पन्न भएको हो।
भेटका क्रममा राजदूत पार्क र गभर्नर पौडेलबीच दुई देशबीचको आर्थिक सहकार्य, वित्तीय प्रणालीमा सुधार, तथा कोरियाली सहयोगका सम्भावनाबारे विचार विमर्श भएको रास्ट्र बैंक श्रोतले जनाएको छ ।

