Incredible India, ‘कुकुर बाबु’ भाइरल : बिहारमा कुकुरलाई रेसीडेंस सर्टिफिकेट, चूनाव आयोगको भारत भरी ट्रोलिंग

अन्तराष्ट्रिय रोचक

पटना, बिहार — भारतको बिहार राज्यमा अहिले ‘विशेष मतदाता नामावली संशोधन अभियान’ Special Intensive Revision (SIR) चलिरहेको बेलामा एक अनौठो तर गम्भीर विषय सार्वजनिक भएको छ—पटना जिल्लाको मसौढी नगरपालिकामा एक कुकुरलाई ” प्रमाणपत्र” जारी गरिएको पाइएको छ|

‘कुकुर बाबु’ नामका यस कुकुरलाई जारी गरिएको प्रमाणपत्रमा  उसको फोटो, ठेगाना (मोहल्ला कौलीचक, वडा नं. १५) र सरकारी राजस्व अधिकृत मुरारी चौहानको डिजिटल हस्ताक्षर समेत देखिन्छ। उक्त प्रमाणपत्र बिहार सरकारले अनलाइनमार्फत सेवा दिने RTPS पोर्टलबाट प्राप्त गरिएको हो।

प्रमाणपत्रमा प्रयोग गरिएको डिजिटल हस्ताक्षर सरकारी डङ्गलमार्फत मात्र सम्भव हुने भएकाले, यो विषयले सरकारी प्रणालीभित्र पहुँच, दुरुपयोग वा हैकिङको आशंका जन्माएको छ। हाल अयसबारे औपचारिक छानबिन सुरु भइसकेको छ।

छानबिनमा कुकुर बाबुको नाममा बनाइएको प्रमाणपत्रमा प्रयोग गरिएका आधार कार्ड र अन्य कागजात दिल्लीमा बस्ने एक महिलासँग सम्बन्धित थिए। यसले भारतीय निर्वाचन प्रणालीमा गम्भीर कमजोरी, डेटा सुरक्षाको अभाव र सम्भावित ‘इनसाइड’ खेलको सङ्केत गर्छ।

चर्कियो राजनीतिक प्रतिक्रिया

राजनीतिक अभियन्ता योगेन्द्र यादवले यसबारे एक्स  मा लेख्दै भने, “जसलाई आफ्नो कुकुरलाई नागरिक बनाउन मन लाग्छ भने, बिहार आउनुस्!” उनले थपे, “यो  प्रमाणपत्र हो जुन अहिले SIR अन्तर्गत वैध ठहरिँदैछ, तर आधार र राशन कार्डलाई झुटो भनिएको छ।” भारतको चुनाव आयोगले बिहार राज्यमा आस्सन्न चुनाव अगाडी गर्न लागेको Special Intensive Revision (SIR)  अभियानको भारतीय कांग्रेस र लालु प्रशाद यादवकों पार्टी आरजेडी लगायत अने बिपक्षि दलहरु ले बिरोध जनाउदै आएकाछन |