काठमाडौं — नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइको तयारी गर्दै बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागमार्फत बैंकले डिजाइन, मुद्रण, आपूर्ति तथा वितरण कार्यसहितका सेवा प्रदायक कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो।
बोलपत्र पेस गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले २०२५ सेप्टेम्बर ७ (भदौ २१) भित्र प्रस्ताव बुझाउनुपर्नेछ। बोलपत्र दस्तुर २५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने बैंक ग्यारेन्टी रकम ४ करोड रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकले न्यूनतम मूल्य प्रस्ताव गर्ने योग्य कम्पनीलाई प्राथमिकता दिने जनाएको छ।


