Yes Bank को तिन हजार करोड, अनिल अम्बानीको मोज: Indian Enforcement Directorate को ५० ठाउमा छापा

अन्तराष्ट्रिय

नयाँ दिल्ली — भारतकाको प्रवर्तन निर्देशनालय (ईडी)ले बिहीबार ब्यबसायी अनिल अंबानीको रिलायन्स समूहका कम्पनीहरूमा सम्बन्धित ५० भन्दा बढी स्थानमा छापा मारेको छ। मनी लन्ड्रिङ सम्बन्धी अनुसन्धानअन्तर्गत यो छापा गरिएको हो।

ईडीले यस अनुसन्धानमा रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड (RCFL) र रिलायन्स होम फाइनान्स लिमिटेड (RHFL) नामका दुई कम्पनीहरूमाथि छानबिन गरिरहेको छ। यी कम्पनीहरूले यस बैंकबाट करिब ३,००० करोड रुपैयाँ ऋण लिएका थिए, जुन ऋण बैंकका पूर्व प्रबन्ध निर्देशक राणा कपुरको कार्यकालमा स्वीकृत भएको थियो।

एजेन्सी स्रोतहरूका अनुसार, छानबिनका क्रममा करिब ५० वटा कम्पनी र २५ जना व्यक्तिसँग सम्बन्धित स्थानहरूमा छापा मारिएको छ।

सन् २०१७ देखि २०१९ बीच लिइएको ऋणको दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको ईडीको दाबी छ। ऋण स्वीकृत गर्ने क्रममा बैंकका पदाधिकारीहरूलाई घुस दिइएको आशंका छ। यस क्रममा बैंकको क्रेडिट नीति, जोखिम मूल्यांकन प्रक्रिया र कागजात प्रमाणीकरणजस्ता आधारभूत नियमहरू उल्लंघन गरिएको जनाइएको छ।