यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु

राजनीति

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् ।

–२०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री–फुड सिस्टम इन साउथ एसिया’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।

–चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।
–विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।

–२०८२ साउन ८ देखि १० गतेसम्म चीनको सानदोङ प्रान्तमा आयोजना हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिडकिङ फुड लस एन्ड वेस्ट’म ा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

–२०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने Second United National Food System Summit Stocktake -UNFSS+4_ मा कृषि । तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

–२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

हेर्नुस् आइतबारको बैठकका १० निर्णयहरु