instakhabar | प्रकाशित मिति: २०७६ बैशाख ६, शुक्रबार १९:५९
ललितपुर— आज अपराह्न हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ । रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको छ ।