राष्ट्रीय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त

बैंक/वित्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका ढकालको नियुक्ति बिहीबारदेखि लागू भएको हो। उनले मंसिरमा राष्ट्र बैंकमा २७ वर्षे सेवा अवधि पूरा गरी अवकास लिएका थिए।

वित्तीय क्षेत्रको गहिरो अनुभव भएका ढकालले राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै प्रवक्ताको भूमिकासमेत निर्वाह गरेका थिए। व्यवस्थापनमा स्नातकोत्तर डिग्री हासिल गरेका ढकाल अब राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा रहन लागेका हुन्।