वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार, अब छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा जम्मा गर्नुपर्ने

समाचार

काठमाडौँ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।