हिजो बम्पर आज पन्चर हाम्रो सेयर बजार: नेप्से सूचक ३५.०९ अङ्कले घट्यो 

बजार

काठमाडौं । लगातार तीन दिनदेखि बम्पर गेन गरिरहेको सेयर बजार सोमबार ‘पञ्चर’ भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३५.०९ अङ्कले घट्दै २७२५.७१ विन्दुमा झरेको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

सेन्सेटिभ इन्डेक्स ६.८३ अङ्कले, फ्लोट इन्डेक्स २.६८ अङ्कले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५२ अङ्कले घटेका छन्।

३२१ स्टकका २ करोड ११ लाख कित्ता सेयर ७२ हजार ६०१ पटक कारोबार हुँदा जम्मा कारोबार रकम ८ अर्ब १७ करोडमा सीमित रह्यो। अघिल्लो दिन आइतबार भने करिब साढे ११ अर्बको कारोबार भएको थियो।

१३ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक ओरालो लाग्दा जलविद्युत उपसमूह ०.१५% ले माथि चढ्यो। बैंकिङ्ग उपसमूह सबैभन्दा बढी २.४६% ले घट्दा, विकास बैंक, वित्त, लगानी, बीमा लगायत समूहहरू पनि उल्लेख्य रूपमा प्रभावित भए।