बोडेको सिन्दूर जात्रामा पुरुष बर्चस्व तोड्दै यसपटक महिलाको उल्लेख्य सहभागीता

रोचक

 

नया वर्षको सुरुवात संगै मनाईने नेवार समुदायको मौलिक पर्वहरु मध्ये एक बोडेको सिन्दूर जात्रामा पुरुष बर्चस्व तोड्दै यसपटक महिलाको पनि उल्लेख्य सहभागीता भएको छ । ठिमीमा हरेक वर्ष खत बोक्दै सयौ मानिस रमाउदै टोल टोलमा पुगेर एक अर्कालाई सिन्दूर दल्दै धिमे बाजाको तालमा यो पर्ब मनाऊछन् । केहि वर्षअघीसम्म महिलाहरु यो जात्रामा रमिते मात्र हुन्थे । यो जात्राको अन्त्यसँगै ठिमीकै बोडेमा जिब्रो छेड्ने जात्रा पनि सुरु हुन्छ।