सिद्धार्थ बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

बैंक/वित्त

काठमाडौँ । सिद्धार्थ बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले २५ लाख इकाइ ऋणपत्र गरेको छ । जसमा १५ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्ने र बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

१० वर्ष अवधि रहेको ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम समपूर्ण कित्तामा आवेदन दिन सकिन्छ । लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रमा असार ३२ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको बैंकले जनाएको छ ।