सीएनआईको अध्यक्षमा विरेन्द्रराज पाण्डे निर्वाचित

आर्थिक

काठमाडौं – नेपाल उद्योग परिसंघको अध्यक्षमा बिरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उद्योग परिसंघको २२ औं साधारण सभाबाट पाण्डे परिसंघको अध्यक्ष बनेका हुन् ।

आज सम्पन्न सीएनआईको २२औं वार्षिक साधारण सभाको बन्दसत्रले पाण्डेलाई अध्यक्षमा अनुमोदन गरेको हो ।

२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डेले २०७५ देखि परिसंघको उपाध्यक्षकारुपमा कार्यरत थिए । हाल उनी परिसंघको वरिष्ट उपाध्यक्षको पदमा थिए ।

काठमाडौंमा जन्मिएका उनी तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन् । सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् ।

बुधबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् ।

यसैगरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक निर्वाचित भएका छन् । यस्तै गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित भए ।

यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् ।

यस्तै मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य भएका छन् ।