काठमाडौं । सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासलाई लक्ष्य गर्दै लक्ष्मी सनराइज बैंकले अन्तर्राष्ट्रिय वित्तीय संस्था इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (IFC) सँग रणनीतिक परामर्श साझेदारीमा हस्ताक्षर गरेको छ।
उक्त साझेदारी अन्तर्गत बैंकले सूचना प्रविधि, बजार, कर्जा तथा सञ्चालनसँग सम्बन्धित जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्दै जलवायु वित्त (Climate Finance) र आपूर्ति शृंखला वित्त (Supply Chain Finance) जस्ता दिगो वित्तीय उपकरणहरूको प्रवर्द्धनमा केन्द्रित दुई प्रमुख क्षेत्रहरूमा काम गर्नेछ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन्।

यस रणनीतिक सहकार्यले लक्ष्मी सनराइज बैंकको दिगोपन प्रवर्द्धन, जोखिम व्यवस्थापन सुधार र दीर्घकालीन ग्राहक हितमा केन्द्रित रहने प्रतिबद्धतालाई थप सुदृढ बनाएको बैंकले जनाएको छ।

