काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बेलुका ६ बजेपछि सार्वजनिक गर्ने भएको छ।
आज (शुक्रबार) बसेको बोर्ड बैठकले नतिजा प्रकाशनको निर्णय गरेको हो।
गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना विद्यार्थी सहभागी भएका थिए। दुवै समूह मिलाएर परीक्षार्थीको कुल संख्या ४ लाख ९९ हजार १८३ पुगेको छ।

