विशेष अदालतको आदेश: माधव कुमार नेपाल ३५ लाख धरौटीमा रिहा

राजनीति समाचार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान लिइएको थियो। बयान सम्पन्न भएपछि थुनछेक बहस भएको थियो। त्यसपश्चात अदालतले नेपालसँग धरौटी माग गर्ने निर्णय गरेको हो।

अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना र कैद सजायसहितको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।