सरकारले ‘केरा गणतन्त्र’ नामक डिजाइनको टिसर्टको प्रचारप्रसार तथा बिक्रीमा रोक लगाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहपछि टिसर्ट निर्माता कम्पनी आईडीएस वेयर्सले उक्त डिजाइनसहित आफ्ना सबै उत्पादनको नयाँ अर्डर लिन अस्थायी रूपमा बन्द गरेको छ ।
IndepthStory तथा IDS Wears ले एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त डिजाइनले ‘मुलुकको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने’ भन्दै यसको बिक्रीमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।


