Sustainable Growth or Spreadsheet Glamour? बैंकहरु को बैशाखको प्रफिट —वास्तविक प्रगति कि प्रोभिजनको खेल?

बैंक/वित्त समाचार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले वैशाख महिनामा १५ प्रतिशतले प्रफिट ग्रोथ गरेको देखिन्छ। चैत मसान्तसम्म ४५ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका संस्थाहरूले वैशाखमा थप ७ अर्ब २५ करोड कमाई गरी कुल नाफा ५३ अर्ब रुपैयाँ पुर्‍याएका छन्।

तर प्रश्न उठ्छ :Sustainable Growth or Spreadsheet Glamour? बैंकहरु को बैशाखको प्रफिट —वास्तविक प्रगति कि प्रोभिजनको खेल हो ?

यो वृद्धिको आधारलाई विश्लेषण गर्दा सतही रूपमा देखिएको प्रफिट जति उत्साहजनक छ, त्यसको दीर्घकालीन स्थायित्व त्यति विश्वसनीय देखिँदैन।

कुल प्रफिटको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने वाणिज्य बैंकहरूले मात्र ४७ अर्ब ७९ करोड रुपैयाँ प्रफिट कमाएका छन्। तर, यसमा ठूलो योगदान बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन (Loan Loss Provision) अन्तर्गत राखिएको सञ्चित रकमलाई नाफामा एडजस्ट गरिनु हो — जुन एक किसिमको accounting manoeuvre मात्र हो, वास्तविक गेन होइन।

वैशाखमा मात्रै २ अर्ब ६९ करोड रुपैयाँजति provision reversal मार्फत प्रफिट देखाइएको छ, जसले बुक मा प्रफिट बढाए पनि, क्रेडिट जोखिमको व्यवस्थापन र ऋणको गुणस्तरमा सुधार नभएसम्म यसलाई बलियो वित्तीय प्रगति भन्न सकिंदैन।

यस्तै, बैंकहरूले लिलामीमार्फत ऋण असुलीमा पनि जोड दिएका छन्, जुन वैशाखमा ३० करोड पुगेको छ — ३२.२५ प्रतिशतको वृद्धिसँगै। तर यसले अझै पनि व्यवसायिक वातावरणमा है क्रेडिट रिस्क रहेको संकेत दिन्छ।

ब्याज आम्दानी १०.४६ प्रतिशतले वृद्धि भई ४ खर्ब ६९ अर्ब पुगेको छ, तर यो वृद्धि मुख्यतः spread मा आधारित देखिन्छ, न कि उत्पादनशील कर्जाको विस्तारमा। यसैबीच, कसिमन एन्ड डिस्काउन्ट शीर्षकको आम्दानी १०.१२ प्रतिशतले बढेको छ भने विदेशी विनिमय उतारचढाव (forex gain) मार्फत १४.७० प्रतिशत आम्दानीको बृद्धि देखिएको छ — जुन volatile प्रकृतिको आम्दानी हो र स्थायी आधार मान्न सकिंदैन।

गैरसञ्चालन आम्दानी पनि ८.१९ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, तर यसमा पनि निर्भरता बढ्दा बैंकहरूको मुख्य कार्यक्षेत्र — कर्जा प्रवाह र वित्तीय पहुँच विस्तार — ओझेलमा पर्ने जोखिम छ।

बैंकहरूको नाफा वृद्धिका पछाडि देखिएका तथ्यहरू को गहिरो विश्लेषण जरुरी देखिन्छ । कर्जा व्यवस्थापनमा सुधार, उच्च गुणस्तरको कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार र दीर्घकालीन रणनीतिक सन्तुलनबिना प्रफिट ग्रोथ मात्र ले न त अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ, न त बैंकलाई दीगो बनाउँछ।