काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। पर्सास्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम अपचलनको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको हो।
मुद्दामा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ। यस प्रकरणमा एक महिना अघि नै प्रहरीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिलको कार्यालय, पर्सामा बुझाएको थियो।
हाल रवि लामिछाने रुपन्देही कारागारमा रहेका छन्।

