विद्रोही ‘नागेंली’

मनोरंजन

शिक्षा र महिला शसत्तिकरणमा केरला भारतको अग्रणी राज्य हो । धर्मग्रन्थमा केरलाको स्थापना परशुराम ऋषीले गरेको तथ्य भेटिन्छ । परशुरामलाई भगवान विष्णुको छैठौँ अवतार पनि मानिन्छ । तर, १८ शताब्दीमा केरला मानव इतिहासकै कृतघ्न परम्परामा पनि डुबेको थियो । १८ औँ शताब्दी केरलाका लागि ‘मुलक्करम’को समय थियो । अर्थात राज्य सञ्चालनकोलागि महिलासँग स्तन कर संकलन गरिन्थ्यो । प्राकृतिक रुपमा प्राप्त स्तनको कर तिर्नुपथ्र्यो महिलाले ।

१८ औँ शताब्दीको उक्तरार्ध र १९ औँ शताब्दीको सुरुवाती समयको केरलाको त्रावणकेर राज्यको बागडोर हिन्दु धर्मावलम्बीको हातमा थियो । महिलाले समेत राजकाज चलाउने सुविधा भएपनि राज्यसञ्चालनसँग प्रत्यक्ष सरोकार नराख्ने त्रावणकोरका महिलाले स्तनको कर तिर्नुपथ्र्यो ।
स्तनको आकार अनुसार राज्यले तय गरेको कर तिर्नुपथ्र्यो । स्तन महिलाको सौन्दर्य र ममत्वको प्रतिक मानिन्छ तर, केरलाका दलित महिलाका लागि स्तन नै अभिषाप थियो । त्यसमाथि परिवारका बहुसंख्यक महिलाको स्तनको आकार ठूलो हुने परिवार गरिबिको खाडलमा गाडिने पक्का थियो ।

त्रावणकोरका ब्राह्मण महिला बाहेक अन्य महिलालाई स्तन ढाक्ने सुविधा थिएन । ब्राह्मण महिलाले मात्रै माथिल्लो शरिर ढाक्न पाउँथे । अन्य जातीका महिलाले स्तन ढाक्नु राजद्रोह थियो । स्तन त महिलाको हुन्थ्यो । तर, त्यसको अधिकार भने राज्यको हुन्थ्यो । र, राज्य गैर दलितको थियो ।

सन् १८०३ मा एझवा (दलित) जातीकी महिला नांगेलीको रगतले केरला रंगियो । नागेंली केरलाकी पहिलो महिला विद्रोही हुन् । अधिकारकर्मी हुन् । र, सहिद पनि हुन् । नांगेलीको रगतको आहलमा डुबेर केरलाले आफ्नो नग्नता ढाक्यो । जसको अग्नी दाहमा सेकिएर केरलामा कठ्याग्रिंएको मानवता फेरी बौँतियो । नांगेलीको रगतसंगै केरलाको भूमिमा महिला विद्रोहको सूत्रपात भयो ।

त्रावणकोरका कर अधिकारी बारम्बार स्तन कर संकलनका लागि आएपछि गरिब नांगेलीले कर अधिकारीलाई स्तन काटेरर केराको पातमा बेरेर दिईन् । (तर, एकथरी कथाहरुमा भने नांगेलीको स्तन काटिएको थियो भन्ने पनि पाईन्छ ।) नांगेलीको स्तन काटिएको तथ्य अकाट्य छ ।
क्रुर सत्ताको शक्ति क्षिण पार्ने नांगेलीका एक जोर स्तन क्रान्तीका बम थिए । नांगेलीका स्तनबाट बगेको रातो रगतले केरलामा क्रान्तीको सुत्रपात भयो । नांगेलीकै चितामा देह त्याग गरेर उनका पती चिरुकंन्डनले सत्तालाई थप चुनौती दिए । क्रान्तीलाई आक्रोशमा बदले ।
त्रावणकोको दरबारलाई नांगेली घटनाले थर्कमान बनाएको थियो । स्तन कर र राज्यको विरोधमा त्रावणकोरका महिला र गैर दलित पुरुष भित्र भित्रै गुम्सिदै गए । यो गुम्साहट ५ दशकसम्म रह्यो ।

नांगेलीको मृत्युपछिका ५ दशक त्रावणकोरका महिलाका लागि संघर्षका दिन थिए । राज्यसंग टसलका दिन थिए । नांगेलीको घटनाबाट त्रसीत अनि आक्रोशित नादर जातीका महिलाले आफ्नो शरिर ढाक्न पाउनुपर्ने भन्दै राज्यसंग विद्रोह गरे ।

राज्यमा बढिहरको असन्तोष र विद्रोहलाई मत्तथर पार्न १८१२ मा गैर ब्राह्मण महिलाले आंशिक रुपमा स्तन ढाक्न पाउने सुविधा दिईयो । यो सुविधा पनि नादर जातीको उपजाती नादन जातीका महिलालाई मात्र दिईएको थियो । यस अघि दलित मात्रै होइन नायर र नंबूदिरी जस्ता ब्राह्मण जातीका महिलालाई पनि माथिल्लो अंग ढाक्न पाउने सुविधा थिएन ।

राज्यमा महिला विद्रोह चर्किन थालेपछि नंबुदिरी, नायर र नादन जातीका महिलालाई घर बाहिर निस्कदा माथिल्लो अंग ढाक्न पाउने सुविधा दिईयो । राज्यले महिललाई फकाउन खोजेको थियो । भुलाउन खोजेको थियो । बाहिर निस्कदा स्तन छोप्ने सुविधा पाएका गैर दलित महिलाले घरमा बस्दा र मन्दिर प्रवेश गर्दा भने स्तन खुल्लै राख्नुपथ्र्यो ।

राज्यले केही आंशिक रुपमै भएपनि माथिल्लो जातीका महिलालाई स्तन ढाक्ने सुविधा दियो । दलित भनिने नायर जातीका महिलाले अझै आफ्ना स्तन ढाक्न पाएका थिएनन । उनीहरुले ब्राह्मण पुरुषका अगाडी आफ्नो वक्षस्थल खुल्ला राख्नुपथ्र्यो । उनीहरुका स्तनमाथि ब्राह्मण र गैर दलित पुरषका यौन दृष्टि परिरहन्थे ।

दलित र गैर दलित महिलामाथिको यो विभेदले आजित भएका दलित महिलाले वक्षस्थल ढाकेर त्रावणकोरको दरबार प्रागंणमा प्रवेश गरेपछि तत्कालिन रानी अत्तिंगलले उनको वक्षस्थल काट्न लगाएकी थिईन । र, यसपछि राज्यको क्रुरता सहन गर्न नसकेर त्यहाँबाट धेरै दलित परिवार श्रीलंका बसाईसरे ।

विस्तार हुँदै गरेको अंग्रेजको प्रभावमा परेर कतिपय दलित महिला तथा पुरुषले इसाई धर्म परिवर्तन पनि गरे । धर्म परिवर्तन गरेर दलित जातीका महिलाले आफ्नो वक्षस्थल सुरक्षित बनाउने बाटो रोजे ।

सन् १८१४ मा त्रावणकोरका दिवान कर्नल मुनरोले इसाई धर्म मान्ने सबै महिलालाई ब्लाउज लगाउन आदेश दिए । तर, मुनरोको आदेशको केही जोर चलेन । मुनरोकै सामुन्ने स्थानीय अदालतमा दलित महिलको स्तन ढाक्ने वस्त्र खोल्न लगाईयो । कुलिन वर्गका पुरुष र ब्राह्मण सत्तालाई दलित महिलाले वक्षस्थल ढाकेको सह्य भएन ।

तर, क्रुर शासकलाई भने दलित महिलाले धर्म परिवर्तन गरेर वक्षस्थल छोपेको मन परेको थिएन । कुलिन वर्गका पुरुषले वक्षस्थल ढाकेका महिलामाथि हमला सुरु गरे । धर्म परिवर्तन गरेर माथिल्लो अंग ढाकेका महिलालाई सार्वजनिक स्थलमा उभ्याएर माथिल्लो वस्त्र खोल्न बाध्य बनाईयो ।

तल्लो जातीका महिलालाई छुन नपरोस भन्दै माथिल्लो जातीका पुरुषहरुले लामो लठ्ठीको टुप्पोमा छुरी बाँधेर महिलाका स्तन ढाकीएका लुगा काट्न थाले । कतिपय दलित महिलालाई माथिल्लो वस्त्र लगाएको आरोपमा फाँसी समेत दिईयो ।

राजको सवारीमा नादर र नायर जातीका कुमारी केटीहरुले बक्षस्थल खुल्ला राखेर हातमा फूल लिएर राजाको स्वागतमा उभिनुपर्ने प्रचलन थियो । महिलाहरु घरको आँगन वा बार्दलीमा उभिएर राजको स्वागत गर्थे । राजा र उनका सहयात्री यसरी महिलालाई अर्धनग्न बनाएर आनन्द उठाउँथे ।

१८२२ मा फेरी अंगे्रज शासकले इसाई धर्म मान्ने दलित महिलालाई माथिल्लो लुगा लगाउन पाउने सुविधा दिईयो । एकतर्फ अंग्रेज शासक इसाई धर्मको नाममा दलित महिलाको पक्षमा उभिएका देखिन्थे । अर्कोतर्फ ब्राह्मण राज्य इसाई धर्म र दलित महिलाकोे कदमप्रति रक्षात्मक भईरहेको थियो ।

इसाई धर्म मान्न थालेका दलित महिलाले वक्षस्थल ढाक्नथालेपछि त्रावणकोरका राजाले सन् १८२९ फेरी नयाँ आदेश जारी गरे । कुलिन र ब्राह्मण वर्गका पुरुषको विरोध र अनिच्छाका कारण राजाले मुनरोको आदेश विरुद्ध गएर तल्लो जातका कुनै पनि महिलाले माथिल्लो लुगा लगाउन नपाउने घोषणा गरे ।

इसाई धर्मको आडमा दलित जातका महिलाले माथिल्लो अंग ढाक्ने लुगा लगाउन पाएका थिए । राजाको यस्तो आदेशपछि उनीहरुको यो सुविधा पनि खोसियो । अमानवियता र अत्याचारको क्रुर बिन्दुमा राज्य पुगेपछि महिलाहरु फेरी विद्रोहमा उत्रिए । हिन्दु, ईसाई केही नभनिकन महिलाहरुले राजको अवज्ञाको विरोध गरे ।

विद्रोहमा दलित जातीका महिलाहरु मात्रै होइनन पुरुष पनि सामेल भए । महिलाहरुको यो आन्दोलनमा तत्कालिन हिन्दु गुरु नारायणले समेत सहयोग गरेका थिए । आक्रोशित दलित समुदायले माथिल्लो जातीका घर तथा पसल लुट्न थाले । उनीहरुको घरमा आगो लगाउन थाले ।
केरलामा दलित महिलाको विद्रोहले उग्र रुप लिदैँगएपछि मद्रासका कमिश्नरले समेत केरलाका राजालाई महिलालाई माथिल्लो लुगा लगाउने सुविधा दिन निर्देशन दिए । महिलाको आन्दोलन, मद्रासका कमिश्नर र अंग्रेजको दबावका कारण तत्कालिन राजाले १८५९, जुलाई २६ तारिखमा सबै महिलाले माथिल्लो अंग ढाक्ने लुगा लगाउन पाउने सुविधा दिए ।

यता केरलका दलित महिलाले स्तन ढाक्ने स्वतन्त्रता पाए । उता भारत भने अंगे्रेजको अधिनस्थ भयो । भनिन्छ : व्यक्तिगत स्वतन्त्रतामाथि कुनै स्वतन्त्रता हुँदैन । प्राचिन केरलामा पहिरनको आधारमा जात छुट्याईने गरिन्थ्यो । पहिरनको आधारमा जात छुट्याईने समय विस्तारै इतिहासको गर्तमा लुक्यो । नांगेलीको रगतले सिञ्चित उक्त स्थानलाई अहिले मुलच्छी पुरम/मुलाचिपा राम्बु अर्थात स्तनको स्थान/भुमि राखिएको छ । आजभोली केरलवासी यो नाम लिन हिचकिचाउछन र भन्छन मनोरमा कवला/जक्शन भन्छन ।

तर, सभ्यताले इतिहास भुलाउन ठूलै प्रपञ्च रचेको छ । मुलक्करमको विरोधमा आफ्नै स्तन काट्ने नांगेली(सुन्दरी)लाई अहिले भारतीय इतिहासबाट समेत विलयन गराईएको छ । सन् २००६ मा भारतको विद्यालय पाठ्क्रमको पहिरन तथा जाती शिर्षकमा नांगेलीको कथा राखिएको थियो । सन् २०१६ मा नांगेलीको कथा विद्यालय पाठ्यक्रमबाट हटाईयो ।

पाठ्क्रमबाट नांगेलीको संघर्ष हटाएको विरोधमा भारतीय इतिहासकारले आवाज उठाउँदा पनि सरकार बहिरो बन्यो । त्यसपछि नांगेली सहित अन्य विमती राखेर भारतीय दलित समुदाय आन्दोलित बन्यो ।

२०१७ अगष्टमा भएको आन्दोलनमा हिँसा भड्कीयो । आन्दोलनमा हिंसा भड्काएको र माओवादीसंग सम्बन्ध बनाएको भन्दै भारत सरकारले पाँच जनालाई गिरफ्तार गर्यो । जसलाई अहिले अर्बन नक्सलको नामले सम्बोधित गर्न थालिएको छ ।

(विभिन्न भारतीय संञ्चार माध्यमबाट)