मन्त्रिपरिषदबाट बजेट अनुमोदन, अब संसदमा प्रस्तुत हुने

अर्थ समाचार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा अर्थ मन्त्रालयले तयार पारेको बजेट क्याबिनेटबाट पारित भएको हो।

अब मन्त्री पौडेलले उक्त बजेट संघीय संसदमा प्रस्तुत गर्नेछन्।