काठमाडौं । प्रमोटर्स सेयर बिक्री गर्दै लक्ष्मी सनराइज बैंक, ३५ दिनभित्र आवेदन माग बैंकले कुल ३१ लाख ८० हजार ३१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले वर्तमान संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका सेयरहरू बिक्रीमा ल्याउन लागेको हो।
बैंकका अनुसार केही संस्थापक सेयरधनीहरू आफ्ना सेयर बिक्री गर्न इच्छुक भएका कारण सञ्चालक समितिको निर्णयअनुसार सो प्रक्रिया अघि बढाइएको हो।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता अन्य संस्थापक सेयरधनीहरूलाई दिइनुपर्ने व्यवस्था छ। यसैअनुसार, बैंकले इच्छुक संस्थापक सेयरधनीहरूलाई कुन र कति सेयर किन्न चाहने हो भन्ने विवरणसहित ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

बैंकले तोकिएको समयभित्र आवेदन नपरेमा, राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनअनुसार अन्य प्रक्रिया अघि बढाइने जनाएको छ।
