गठबन्धनमा गभर्नर ज्ञाप: देउवाले बोलाए पदाधिकारी बैठक

राजनीति समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारभित्र नयाँ गभर्नर दिने ठोस वाचा गरेका थिए। तर, वाचा फिर्ता लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर भए— बैठकै बोलाएर।

शुक्रबार बिहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीहरूलाई झिकाएका देउवाले, आफूले सिफारिस गरेको नाम (डा. गुणाकर भट्ट) अस्वीकार भएपछि ‘अब त गम्भीर छलफल गरौं’ भन्ने निष्कर्षमा पुगेका हुन्।

योबीचमा संसद्मा नीति तथा कार्यक्रममाथि छलफल चल्दै छ— तर वास्तविक बहस भने राष्ट्र बैंकको कुर्सी कुन पार्टीको पोल्टामा पर्छ भन्नेबारे हो। ओली–देउवा सहकार्यमा आएको ‘सत्ता सन्तुलन’ अहिले गभर्नरको टेबलमा अड्किएको देखिन्छ।

यद्यपि, देउवाको दाबी अर्कै छ— गभर्नर ढिलाइ ओलीको कारण होइन रे! त्यसो भए कारण के हो?