नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राति खुमलटारस्थित आफ्नै निवासको शौचालयतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते भएका छन्।
घटनापछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य छ।

