प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा गर्न लागिएको सम्बोधन स्थगित गरिएको छ। संसद अधिवेशन सुरू हुने अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
तर, शुक्रबारको बैठकमा शीर्ष नेताहरूको अनुपस्थितिका कारण सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा हुनुहुन्छ भने सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा हुनुहुन्छ।
