सुनको मूल्यमा आज सामान्य गिरावट

अर्थ आर्थिक

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको हो ।

आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज  चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।