राप्रपाले भन्यो आज हुने प्रदर्शन अहिंसात्मक शान्तपिूर्ण हुन्छ’

राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।
सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले  गर्ने प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए।
उनले भने, ‘बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निश्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खु क्षेत्रमा गर्ने प्रदर्शन पनि शान्तिपूर्ण र अहिंसात्मक हुनेछ । विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा हामीले अगाडि बढाउँछौं ।’
साथै लिङ्देनले आफ्नो जिवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे । राप्रपाले बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
लिङ्देनले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए ।
उनले भने,‘बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्नेछौं । आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्छ त्यसलाई रोक्न हामी हजारौँ स्वयंसेवक खटाउने छौं । कार्यक्रमस्थलमा स्वयंसेवकहरु हुनेछन् ।’