अर्थ मन्त्रालयले हिजो का मिति बाट लागू हुने गरी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाइ कायम मुकायम गभर्नरको जिम्मेवारी प्रदान गरेको छ | इन्सटाखबर सँगको कुराकानी मा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले आफूले कायम मुकायम गभर्नरको जिम्मेवारी प्रदान गरेको अर्थ मन्त्रालयको पत्र आजै बिहान बुझेको बताएकी छिन् |
डा. निलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन्। उनले २०५४ मंसिर २२ गते सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अस्ट्रेलियाबाट अर्थशास्त्रमा एमए, र भारतबाट व्यवस्थापनमा पीएचडी गरेकी छिन

