काठमाडौं – सास फेर्नै गाह्रो हुने गरी काठमाडौं उपत्यका फेरि प्रदूषणको चपेटामा! हिजो विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा शीर्ष स्थान ओगटेको काठमाडौं आज दोस्रो स्थानमा झरेको छ, तर राहतको संकेत शून्य!
आजको ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार, काठमाडौंको वायु प्रदूषण स्तर २४९ पुगेको छ, जुन ‘गम्भीर स्वास्थ्य जोखिम’ को श्रेणीमा पर्छ। प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली ३५३ AQI सहित पहिलो स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा भने पाकिस्तानको लाहोर रहेको छ, जहाँ AQI १७८ मापन गरिएको छ।
विशेषज्ञहरू भन्छन्— विगत लामो समयदेखि पानी नपर्नु, उपत्यकाभरि थुप्रिएको धुलो, र जंगलमा लागेको आगोको धुँवाले काठमाडौंलाई ‘ग्यास चेम्बर’ मा परिणत गरिरहेको छ। यसको असर केवल वातावरणमै सीमित छैन, नागरिकको स्वास्थ्यमा समेत गम्भीर खतरा थपिँदैछ!

