बन्द गराएको अस्पतालमा विरामी जाचँ गर्ने सञ्चालक पक्राउ

अपराध तथा सुरक्षा विविध

केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका जनकपुरधामको एक अस्पतालले लुकी छिपी बिरामी भर्ना गरेको पाइएको छ ।

सोमबार जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रा.लिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको पाइएको छ । अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँचजना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको क्रममा मुख्यमन्त्री सिँहले प्रत्यक्ष पुगेर देखेपछि कारबाही गरेका छन् ।

जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई मुख्यमन्त्री सिँहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनक्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।