रास्वपा प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आगजनी

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी राजावादी प्रदर्शनकारीले जलाएका छन्।

शुक्रबार संसद्को काम सकेर घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि प्रदर्शनकारीहरूले उनको गाडी रोकेर आगो लगाएका हुन्।

परियारका अनुसार कफ्र्यू छली भित्री बाटो हुँदै भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरूले गाडी जलाएका थिए।

परियार चढेको १३८२ नम्बरको गाडी आगजनीबाट पूर्ण रूपमा क्षति भएको छ।