शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ ।
एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ ।


रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ ।
राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ ।
