, व्हाइटमूनले “‘वुमन इम्पावरमेंट एक्स्पो २०२५” आयोजना गर्दै

अर्थ समाचार

काठमाडौं, नेपाल – महिला सशक्तिकरणको उत्सवस्वरूप, व्हाइटमूनले मार्च २०२५ मा वुमन इम्पावरमेन्ट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ। यो कार्यक्रम महिला व्यवसायी, पेशेवर, र परिवर्तनकर्ताहरुलाई आफ्नो अनुभव साझा गर्न र सञ्जाल विस्तार गर्न महत्वपूर्ण मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको हो।

वुमन इम्पावरमेन्ट एक्स्पो २०२५ को यस वर्षको थिम “एम्पावर्ड भोइसेस: वीमेन लीडिङ ट्रान्सफर्मेसन एक्रस इन्डस्ट्रीज” रहेको छ, जसले विभिन्न क्षेत्रमा महिलाको नेतृत्व र योगदानलाई उजागर गर्नेछ। कार्यक्रममा व्यापार, स्वास्थ्य, प्रविधि, कला, र शिक्षाजस्ता क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित महिलाहरूले आफ्नो अनुभव र दृष्टिकोण साझा गर्नेछन्। प्रमुख वक्ताहरूमा सोफिया भुजेल (मिस यूनिभर्स नेपाल २०२२), भवानी राणा (नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष), मनु कार्की (इको साथी नेपालकी संस्थापक), रञ्जु दर्शन (युवा अभियन्ता र राजनीतिज्ञ), र श्रेया सञ्जेल (सर्वोच्च अदालतकी न्यायिक परिषद अधिकारी) रहेकाआयोजक व्हाइटमूनले जनाएको छ |

एक्स्पोमा महिला नेतृत्वमा सञ्चालित व्यवसायहरूको प्रदर्शनी गरिनेछ, जसमा आभा एक्सेसरीज, राम्रिज, ए&ए डिजाइन, बा को अचार, व्हाइटमून, आर्ट्रिया इन्स्टिच्युट अफ फाइन आर्ट्स, आमा छोरी अचार, डिसेम्बरआईभी, इको साथी नेपाल, यात्रा शूज, र इको सोपजस्ता ब्रान्डहरू सहभागी हुनेछन्। यसले महिला उद्यमीहरूलाई आफ्नो उत्पादनहरू प्रवर्धन तथा प्रदर्शन गर्न, ग्राहकहरूसँग जोडिन, र व्यवसायिक अवसरहरू विस्तार गर्न सहयोग पुर्‍याउनेआयोजक व्हाइटमूनले जनाएको छ |

एक्स्पोको आयोजन रोटरी क्लब अफ काठमाडौं वेस्ट र रोटर्याक्ट क्लब अफ काठमाडौं वेस्टद्वारा गरिएको हो, जसलाई हार्ड रक क्याफे र एथर इनर्जीको सहयोग प्राप्त छ। साथै, रोटर्याक्ट क्लब अफ लिबर्टी कलेज, रोटर्याक्ट क्लब अफ कान्तिपुर, रोटर्याक्ट क्लब अफ ललितपुर, रोटर्याक्ट क्लब अफ जावलाखेल मंजुश्री, रोटर्याक्ट क्लब अफ डिल्लिबजार काठमाडौं, र रोटर्याक्ट क्लब अफ मेट्रो सिटी एक्स्पोको सह-आयोजकका रूपमा रहेका छन्।

एक्स्पो २०२५ लाई बा को अचार, सुगर.ली, हाइलाइफ फूड, टी आमो, र ऊप्स नेपाल लगायत अन्य विभिन्न संघ संस्थाहरूले प्रायोजन गर्दैछन्। वुमन इम्पावरमेन्ट एक्स्पो २०२५ ले महिला सशक्तिकरण, नवीनता, र भविष्यका नेताहरूलाई प्रेरित गर्न समर्पित आन्दोलनको रूपमा अघि सारिएको छ। एक्स्पोले देशका सम्पूर्ण महिलाहरूलाई आफ्नो पूर्ण क्षमताको पहिचान गर्न र यसको सदुपयोग गर्न सघाउ पुर्‍याउने लक्ष्य राखेकोआयोजक व्हाइटमूनले जनाएको छ |