बैशाख यता महानगरबाट ७४ जना बालबालिकाको उद्धार

विविध

काठमाडौँ महानगरपालिकाले २०८१ बैशाखदेखि अहिलेसम्ममा ४१ जना बालक र ३३ जना बालिकासहित ७४ जना बालबालिकाको उद्धार गरिएको छ । तीमध्ये ३८ जना बाल संरक्षण गृहमा रहेका छन् भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा अघि बढाइएको छ । जसमा ४ जनाको मुद्दा जबरजस्ती करणी, २ जनाको बाल यौन दुव्र्यवहार र १ जनाको कुटपिट तथा दास बनाइएको घटनासँग सम्बन्धित छन् । पछिल्ला दुई घटनामा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरीसरह मानी सोही आधारमा मुद्दा दायर गरिएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा बालबालिकामाथि परिवारका सदस्य र संरक्षकबाटै दुर्व्यवहार भएको देखिन्छ । अवस्था विश्लेषण गर्दै बाल अधिकार समितिका सदस्य सोनी भट्टराई भन्नुहुन्छ, ‘यस्ता विषय पीडित आफैँले कहिल्यै पनि बाहिर ल्याउन सक्दैनन् । यसकारण महानगरपालिकाको भूमिकाबाट पीडित बालबालिकाले सुरक्षा महसुस गर्न पाएका छन् ।’

(श्रोत : मेट्रो न्युज)