मिथिला नगरपालिकामा सिँचाइ बोरिङ उद्घाटन

समाचार

धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ । जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् ।

सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो ।  कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे ।

उनले मधेश प्रदेशका अन्य स्थानहरुमासमेत सिँचाइको सुविधाका लागि पहल गरिरहेको जानकारी दिए । तराई क्षेत्रमा उचित सिँचाइको व्यवस्था नभएकै कारण भारतबाट अन्न मगाउनुपर्ने बाध्यतालाई अनत्य गर्न सरकारले सिँचाइमा ध्यान नदिएको उनले आरोप लगाए ।