समिट एयरको जहाजमा काठमाडौँ फर्किँदै पूर्वराजा

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् । उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउन लागेका हुन् । उनी काठमाडौँ प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । विमानस्थलमा पूर्वराजालाई राजतन्त्र समर्थकले बिदाइ गरेका थिए ।