इनर्जी कंसोरटियममा कमर्सियल बैंकहरु इन्ट्रेसटेड: लक्ष्मी सनराइज बैंकको २९ अर्ब + मुभ

अर्थ समाचार

काठमाडौं । कालीगण्डकी नदीमा निर्माण हुने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा लगानी सुनिश्चित भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा कंसोरटियममा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता सम्पन्न भएको छ।

यो परियोजना नेपालको नविकरणीय ऊर्जा क्षेत्रमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ। कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको यस आयोजनामा परियोजना लागतको ७५ प्रतिशत सहवित्तीयकरणमार्फत बैंकहरूले लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट संकलन गरिनेछ।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा भएको कंसोरटियममा बैंकहरूको योगदान यस्तो छ:
 लक्ष्मी सनराइज बैंक – ९ अर्ब रुपैयाँ (प्रोजेक्ट फाइनान्स टर्म लोन)
 
ग्लोबल आइएमई बैंक – ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ
 
सिद्धार्थ बैंक – ५ अर्ब रुपैयाँ
 
हिमालयन बैंक – ३ अर्ब रुपैयाँ
 
नेपाल एसबिआइ बैंक – ३ अर्ब रुपैयाँ
एभरेष्ट बैंक – २ अर्ब ५० करोड रुपैयाँ

कुल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ कंसोरटियम मार्फत जुटाइने

परियोजनाले फागुन २७, २०७५ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको थियो भने फागुन १७, २०७९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ। परियोजनाको मुख्य प्रवर्धक संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन्।

परियोजना जुन २०२९ भित्र सम्पन्न भई सञ्चालनमा आएपछि वार्षिक करिब १०५६ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिनेछ। साथै, कालीगण्डकी गर्ज जलविद्युत् आयोजना नेपालको ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्नेछ।