‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’

राजनीति

उपराष्ट्रपति रासहाय यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको रजत जयन्ति समारोहमा बोल्दै उनले वन क्षेत्रको संरक्षण संवर्द्धन र दिगो व्यवस्थापनको लागि सरकार, सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु जरुरी रहेको बताए ।
उनले भने,‘वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक छ । वन क्षेत्रको संरक्षण संवर्न्द्धन र दिगो व्यवस्थापनको लागि सरकार,सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी छ ।’
त्यस्तै उनले वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए ।
हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोतको केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी रहेको उनको भनाई छ ।
उनले भने,‘वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य छ । हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोत केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी छ ।’
उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको प्रभाव जैविक विविधताको संरक्षण वनजन्य श्रोतको दिगो उपयोग र स्थानीय समुदायको आर्थिक शसक्तिकरण लगाउतका क्षेत्रमा संघले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
मानव र वन्यजन्तुको द्वन्द्व बढेकोमा चिन्ता
सोही कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले वनको विकास महत्वरुपमा बढ्दै गइरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताए ।
अहिलेको परिवेशमा मानव र वन्यजन्तुको द्वन्द्व पनि बढिरहेको भन्दै त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा सोच्न आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘हामी अहिले ४५ बाट ४६ प्रतिशतमा पुगिरहेका छौं । वनको विकास महत्वरुपमा बढ्दै गइरहेको छ । अब हामीमाथि चुनौती छ कि यसको संरक्षण प्रवर्द्धन कसरी गर्ने । अहिलेको परिवेशमा मानव र वन्यजन्तुको द्वन्द्व त्यही हिसाबले बढिरहेको छ । त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ यसमा पनि सोच्न आवश्यक छ ।’