काठमाडौं, फागुन २० । थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले जनाएको छ। आज बिहानै पाइप फुट्दा सडक जलमग्न हुनुका साथै यातायात अवरुद्ध भएको छ।
केन्द्रका अनुसार पाइप फुटेको स्थानमा हाल पानी वितरण रोकिएको छ। तर, फुट्नुको कारण भने अहिलेसम्म थाहा भइसकेको छैन।


यस घटनाले सडकपेटीमा क्षति पुर्याउनुका साथै आसपासका पसलहरूमा पानी पसेको छ। रेष्टुरेन्ट, औषधि पसल र फलफूल व्यापार प्रभावित भएका छन्।
यसअघि, माइतीघर–बानेश्वर सडक खण्डअन्तर्गत बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुट्ने घटना भएको थियो। उक्त घटनामा विद्युत् प्राधिकरणले भूमिगत तार गाड्न खनेको प्वालका कारण पाइप फुटेको थियो।
