काठमाडौं – नेपालका १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ६ वटा कम्पनी सर्टलिस्ट भएका छन्।
सोमबार जारी गरिएको सूचनामा केन्द्रीय बैंकले बैंकहरूको लोन पोर्टफोलियो रिभ्युका लागि परामर्श सेवा प्रदान गर्ने कम्पनीहरूको छनोट गरिएको जानकारी दिएको छ। यसका लागि राष्ट्र बैंकले २०८१ मंसिर ५ गते टेण्डर आह्वान गरेको थियो।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक खरिद ऐन, २०६३ र राष्ट्र बैंक सार्वजनिक खरिद विनियमावली, २०७१ अनुसार कम्पनीहरू चयन गरेको हो। सर्टलिस्टमा परेका कम्पनीहरूमा डेलोइट पार्टनर्स (श्रीलंका), हावलादर यूनुस एण्ड कम्पनी (बंगलादेश), केपीएमजी एसोसिएट एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी (भारत), यूएचएम-केएसएस-एसएसबीडीआई–जेभी (नेपाल) र एमएसके एण्ड एसोसिएट्स (भारत) छन्।

छनोट भएका कम्पनीहरूलाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्नेछ।

