सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’
न्यौपानेका अनुसार मृतकका परिवारबाट किटानी जाहेरी पर्ने भन्ने सुनेको तर जाहेरी परिनसकेको जानकारी दिए । घट्नाको थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको पनि उनले बताए ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले बताए ।

सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ ।
जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन् ।
