नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धर्मबिरोधी प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्।
युएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोप आधारहीन रहेको महजोडीले बताएका छन्।
बिहीबार एक भिडियो सार्वजनिक गर्दै (महजोडी)ले सामाजिक सञ्जालमा आएका यी सबै कुराहरू भ्रामक भएको बताएका हुन्।

साथै, उनीहरूले आफूलाई समाजलाई सचेतना फैल्याउने खालका कामहरू गरेको र ती कामहरूका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गरी भ्रमको पछि नलाग्न अनुरोध गरेका हुन्।
‘संसारमा राम्रा नराम्रा दुवै खालका कुराहरू छन्। हामीले जहिले पनि राम्रा कुरालाई प्रमोट गरेका छौं। ०५२ सालमा सराध्य बनाएका थियौं । त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ। पण्डित भन्दैमा भगवान हुँदैनन्। म पनि पण्डितको छोरो हो। कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौं। युट्युवमा छर्लंग छ। त्यहाँ गएर हेर्नुभए हुन्छ,’ उनीहरूले भने,’ हितैषीहरूले हामीमाथि अविश्वास गर्दा चित्त दुखेको छ।’
आफ्ना प्रस्तुतिमा धार्मिक समानता र सहिष्णुताका कुरालाई प्रमोट गरेको जिकिरसमेत उनीहरूले गरेका छन्।
उनीहरुले सामाजिक संजालमार्फत प्रष्टोक्ती गर्दै यस्तो भनेका छन् ।
