बढ्यो सुनचाँदीको मूल्य

समाचार

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।