मुस्लिम समुदायमा मनाइने इज्ते रौतहटमा तीन दिन धार्मिक कार्यक्रम गरि मनाइएको छ ।
गत शनिबार राजपुर नगरपालिकाको मदरसा महमुदियामा सुरु भएको इज्ते सोमबार बिहान समापन भएको हो । माघ २६ गते शनिवारदेखि सुरु भएको कुरान प्रवचन तथा हिस नमाज पढ्नेबारे बुझाउँदै अन्तिम दिन सोमबार बिहान ११ बजे दुवासहित सम्पन्न भएको राजपुर नगरपालिकाका पुर्व मेयर मोहम्मद शकिल अख्तरले बताए ।
उनका अनुसार इज्जतेमा कुरान रहिशबाट व्याख्या गरी मुस्लिमहरुलाई सुझाव सन्देश दिइन्छ । मुस्लिमका अन्तिम देवदूत, मोहम्मदको बारेमा कथा र हदिश अतर्रित बिख्यात गरी मुस्लिमहरुलाई तबलिगी जमातको उद्देश्य, आवश्यकता, महत्त्व र फाइदाहरूका बारेमा जानकारी इज्तेमा दिने गरिएको उनले उल्लेख गरेका छन् ।

