आज देखी १६ घण्टा फ्लाइट अपरेट गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

पर्यटन समाचार

काठमाडौं । गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ ।

पूर्वाधार विस्तारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट अप्रेशन आवर घटाएर एयरपोर्ट को पूर्वाधार विस्तारको कार्य मुख्य पर्यटकीय सिजनमा गरिएको हुँदा यसको चौतर्फी आलोचना समेत हुदै आएको थियो | यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ ।

पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत भइरहेको काम चैत १८ गतेभित्र सक्ने लक्ष्य राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आउने भए पछी पर्यटन ब्यबसायीहरुले केही राहत महसुस गरेको बताएका छन |