नायिकाले नग्न तस्बिर इन्स्टाग्राममा हालेपछि ……

मनोरंजन

एजेन्सी – बलिउड मोडल तथा कलाकार सोफिया हयात पुनः एकपटक विवादमा आएकी छिन । मोडलीङ् छाडेर आनी बनेपछि उनी एकाएक चर्चामा आएकी थिइन् । अब भने उनले इन्स्टाग्राममा सेयर गरेको फोटोका कारण विवादमा आएकी छिन ।

सोफियाले

आफ्नो इन्स्टाग्राम अकाउन्टमा नग्न तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले , ‘भगवान् लज्जाभन्दा माथि छन् । यदि ‘डिभाइन मदर’ खुल्ला रुपमा तपाईं अघिल्तिर आउनुभयो भने के तपाईं उहाँलाई लाज लागेन भनेर सोध्नुहुन्छ ? या सायद तपाईंले आफैं सोध्नुपर्छ कि तपाईंको दिमागमा लाज किन छ र?’भनेर लेखेकी छिन । तर यस फोटोलाई इन्स्टाग्राम प्रयोगकर्ताले मन पराएनन् र अश्लिल तस्बिर भन्दै कमेन्ट गरे ।