काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा बयान सकिएको छ । सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेशरुपन्देही जिल्ला अदालतले दिएको छ ।
जिल्ला न्यायाधीश पल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो । उनीमाथि न्यायाधीश योगीले बयान लिएका हुन् । आज बयान मात्र सकिएकाले थुनछेक बहस नहुने बताइएको छ ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

